५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

यी हुन विश्वकप खेल्ने श्रीलंकाली टोली



एजेन्सी ।
श्रीलंकाले विश्वकप क्रिकेटका लागि टोली घोषणा गरेको छ । मिलिन्डा श्रीवर्दन, जिभन मेन्डिस र जेफ्री वान्डरेसलाई समावेश गर्दै श्रीलंकाले टोलीले घोषणा गरेको हो ।
दिमुथ करुणारत्नेको कप्तानीमा बिहीबार १५ सदस्यीय विश्पकप टोली घोषणा गरीएको हो । श्रीवर्दन र वान्डरेसले २०१७ को अक्टोबरमा एकदिवसीय खेलपछि टोलीमा पुनरागमन गरेका हुन् । जेफ्री २०१५ को विश्वकपपछि टोलीमा फर्किएका हुन् ।
१५ सदस्यीय टोलीमा कप्तान करणारत्नेसँगै अभिषेक फर्नान्डो, लाहिरु थिरीमाने, कुशल परेरा, कुशल मेन्डीस, एन्जेलो मैथ्युज, धनन्जय डी सिल्भा, जेफ्री वान्डरेस, थिसरा परेरा, इसरु उडान, लासिथा मालिंका, सुरुगां लकमल, नुवान प्रदिप, जिभन मेन्डिस र मिलिन्डा श्रीवर्दन छन।

प्रकाशित मिति : ५ बैशाख २०७६ बिहिबार ००:००  ५ : २२ बजे