३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

गर्मीको असर पोखरीमा, मरे हजारौं माछा



बुटवल ।
केही दिन यता रुपन्देहीमा गर्मी ह्वात्तै बढेको छ । गर्मी बढेपछि पोखरीमा पालेका माछा मरेका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५मा एकै किसानको माछा पोखरीमा हजारौं माछा मरेका गाउँपालिकाका अध्यक्ष हिरा कुमार निषाधले बताए ।
गर्मीका कारण पोखरीको पानी तातेको र अक्सिजनको कमी भएका कारण माछा मरेको आशंका गरिएको छ ।
‘करीब २ बिगाहामा माछा पोखरी छ, त्यहाँ पालेका सबै माछा मरेका छन्, माछाहरु एक पाउ (२५० ग्राम) देखि आधा किलो भन्दा बढीका थिए, करिब ५ लाख बराबरको माछा मरेका छन्–माछापालक किसान राम रतन प्रसाद निषाधले बताए । पछिल्लो समय रुपन्देही क्षेत्रको तापक्रम ३७ डिग्रि सेल्सियसदेखि माथि छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६ मंगलबार ००:००  ६ : ०४ बजे