२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

आईपीएलमा मुम्बई प्ले अफमा पुग्ने तेस्रो टोली



एजेन्सी ।
सुपर ओभरको खेलमा जित निकाल्दै मुम्बई इण्डियन्स भारतमा जारी १२ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ।
बिहीबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई मुम्बईले सुपर ओभरमा पराजित गरेको हो ।
मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभर हैदरावादका लागि सुखद रहेन । उसले २ विकेट गुमाएर मात्रै ८ रन जोड्न सक्यो । ९ रनको लक्ष्य पाएको मुम्बईले बिना विकेटको क्षतिमा ३ बलमा लक्ष्य पूरा गर्यो ।
यो जितसँगै मुम्बईले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो । मुम्बई प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ ।
यसअघि चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स प्लेअफमा पुगिसकेका छन् । अब एक टीमले प्ले अफमा स्थान बनाउन बाँकी छ ।

प्रकाशित मिति : २० बैशाख २०७६ शुक्रबार ००:००  १२ : १६ बजे