१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

आफ्नै बच्चा अस्पतालमा बेवारिसे छाडेको आरोपमा पूर्वसांसद गायत्री शाह पक्राउ



काठमाडौं ।
पुर्व सांसद गायत्री शाह र उनका श्रीमान्‌ राजेश महतो नख्खुस्थित मेडिसिटी अस्पतालबाट पक्राउ परेका छन्।आफ्नै बच्चा अस्पतालमा छोडेको आरोप लाग्दै आएका शाह दम्पत्तीलाई प्रहरीले अस्पताल परिसरबाटै पक्राउ गरेको डिएसपी नारायण चिमोरियाले जानकारी दिए।

उनका अनुसार अस्पतालमा बच्चा छाडेको भन्दै मेडिसिटी अस्पतालले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

अस्पतालको लापरबाहीका कारण डाउन सिण्ड्रोम भएको बच्चा जन्मिएको भन्दै उपचारको सम्पूर्ण जिम्‍मा अस्पतालले नै लिनु पर्ने पूर्वसांसद शाहले माग गर्दै आएकी थिइन्।

गायत्री शाहका पिता एवं पूर्वसभासद् हरिचरण शाहले अस्पतालको बेडबाटै सादा पोशाकमा आएका प्रहरीले छोरीज्वाइलाई पक्राउ गरिएको देश सञ्‍चारलाई जानकारी दिए। उनीहरुलाई आजै खदालतमा उपस्थित गराउने भनिए पनि समय अभावका कारण नभ्‍याइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ बैशाख २०७६ आइतबार ००:००  ६ : ०१ बजे