२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

सिड्नीमा साँसद पन्थीको सम्वोधन, कपिलवस्तुमा लगानी गर्न एनआरएनलाई आग्रह


२८ बैशाख २०७६ शनिबार ००:००  

0
Shares

मायादेवी अनलाइन, वाणगंगा ।
अष्टे«लियाको सिड्नीमा आजदेखि शुरु भएको एनआरएनको तेश्रो ओसिनिया सम्मेलनमा प्रदेश साँसद विष्णु पन्थीले सम्वोधन गर्नुभएको छ ।

प्रवासी नेपालीहरुको संगठन एनआरएनको ओसिनिया क्षेत्रको सम्मेलनको पहिलो दिन प्रदेश साँसद विष्णु पन्थीले सम्वोधन गर्दै लगानीका लागि प्रदेश नम्बर ५ सवैभन्दा बढि उपयुक्त भएको बताउनुभयो । उहाँले प्रदेश ५ मा कृषि, पर्यटन र उद्योगका लागि प्रशस्त सम्भावना रहेको भन्दै गैर आवासीय नेपालीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, कपिलवस्तुका बुद्धस्थलहरु तिलौराकोट, कुदान, निगालीकोट जस्ता ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको क्षेत्र रहेको हुँदा लगानी गर्न आग्रह गर्नुभयो । लगानी पूर्ण सुरक्षित रहने भन्दै यसको लागि आफुले उपयुक्त वातावरण बनाउन भूमिका खेल्ने बताउनुभयो ।

साँसद पन्थीले प्रदेश ५ का जिल्लाहरु मध्ये कपिलवस्तु लगानीका लागि राम्रो गन्तब्य भएको उल्लेख गर्दै जिल्लामा कृषिक्षेत्रमा लगानी गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो । कपिलवस्तुमा धान, गहुँ, पशुपालन, मत्स्य आदी व्यवसायमा ठुलो लगानी गरेर व्यवसायिक उत्पादनमा जोड दिन सकिने उहाँको भनाई छ ।

कपिलवस्तुबाट सात वटै प्रदेशहरुको प्रतिनिधित्व गर्दै गैर आवासीय नेपालीहरुको ओसिनिया सम्मेलनमा सहभागी हुनुभएका साँसद पन्थीले अवको केही दिन त्यहाँ स्थित नेपाली समाजले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागीता जनाउने मायादेवी अनलाइनलाई बताउनुभयो । समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ नारा सहित संचालन भएको सम्मेलन आइतबार सकिदै छ ।

अष्ट्रेलियाको सिड्नीमा हुने २ दिने एनआरएनको ओसिनिया सम्मेलनमा सहभागी हुन पन्थी बुधबार त्यस तर्फ प्रस्थान गर्नुभएको थियो । उहाँ जेठ ७ गते नेपाल फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६ शनिबार ००:००  ७ : ०१ बजे