२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

बनाउने होइन त अत्याधुनिक भान्छा ? खुल्यो वाणगंगामा मोडुलर



मायादेवी अनलाइन, कपिलवस्तु ।
उच्च प्रविधि र टेक्नोलाजिबाट बनेको मोडेलर किचनको कारोबार चारनम्बरमा सुरु भएको छ । कपिलवस्तुको बाणगंगा जितपुरमा गजरा पुल नजिकै जिल्लाका ५ व्यवसायीले यो नयाँ ब्यवसायको कारोबार सुरु गरेका हुन् । यसको लागि आइतबार व्यवसायको उद्घाटन गरिएको छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले ब्यवसायको रिविन काटेर औपचारिक समुद्धघाटन गर्नुभयो । समुद्घाटनका अवसरमा प्रमुख अतिथि पौडेलले जीतपुर क्षेत्रले तीव्र विकास लिने क्रममा केही युवाको लगानीमा सुरु भएको व्यवसाय निकै नौलो र महत्वपूर्ण भएको बताउनुभयो । हर मानिसको घरको चिनारी भान्छा रहेको हुँदा त्यसलाई यो व्यवसायले पुरा गर्ने उहाँको भनाई छ ।

Image may contain: one or more people and indoor वदलिदो परिवेशसंगै रुपान्तरण भइरहेको जीवनशैलीलाई मध्यनजर गरी हरेक घरको भान्छाकोठा र बाथरुममा नयाँ आयाम भर्नको लागि अत्याधुनिक मोडेलर किचन संगै वाथ फिटिङ, टायल मार्वलको व्यावसाय सुरुवात गरिएको व्यावसायी सुन्दर पाण्डे र मनोज खत्रीले बताउनुभयो । मोडुलर किनचसंगै त्यहाँबाट स्वदेश तथा विदेशका सबै प्रकारका किचन सामाग्रीका साथै घर निर्माणको लागि आवश्यक सबै कुराहरु एकै ठाउमा पाइने लगानी कर्ता विनोद भटराई, रमेश घिमिरे र शिरिष पन्थीले बताउनुभयो ।

Image may contain: indoor
Image may contain: 5 people, including Binod Bhattarai, Manoj Kumar and Shishir Panthi, people smiling, people standing

प्रकाशित मिति : ३० बैशाख २०७६ सोमबार ००:००  ७ : २१ बजे