७ असार २०८३, आइतबार | Mon Jun 22 2026

लामो समयको आन्दोलनपछि काममा फर्किए चिया श्रमिक



काठमाडौँ ।
लामो समयको आन्दोलनपछि चिया श्रमिक काममा फर्किएका छन्। तीन दिनअघि श्रमिक र रोजगारदाताबीच सहमति भएको थियो। रोजगारदाताले श्रमिक ज्याला कार्यान्वयन गर्न ढिला स्वीकृति दिएकाले उनीहरु सोमबारदेखि काममा फर्किएका हुन् ।
बगानमा ५१ श्रमिकमध्ये अहिले २५÷२६ जनाले मात्र काम गर्दै आएका छन्। चिया बाँझिएकाले कामको चटारो नहुँदा करार दरबन्दीका कर्मचारी कामविहीन भएका छन्।
चिया टिप्नुको सट्टा फाँड्नुपर्ने र कम जनशक्तिले काम चल्ने हुँदा अन्य श्रमिकलाई फर्काइएको हो। बगानमा राम्रो चियापत्ति नहुँदा तथा चियाको आम्दानी न्यून भएका कारण हाल स्थायी दरबन्दीका कर्मचारी मात्र काममा फर्र्िकएको कन्याम चिया बगानका श्रमिक रमेश खड्काले बताए।
चिया बगान व्यवस्थापनले तत्कालका लागि करार र अस्थायी दरबन्दीका कर्मचारी हटाइए पनि कामको समयमा बोलाउने जनाएको छ।
नयाँ श्रम ऐनअनुसार ज्याला र अन्य सुविधा पाउनुपर्ने माग राख्दै गत चैत १७ गतेदेखि श्रमिक काम छाडेर आन्दोलनमा उत्रिएका थिए। निजी क्षेत्रबाट सञ्चालित बगानसँग सहमति भएपछि त्यहाँका श्रमिक फर्किएका थिए।

प्रकाशित मिति : ७ जेष्ठ २०७६ मंगलबार ००:००  ७ : ०७ बजे