८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

उद्घाटन खेलमै दक्षिण अफ्रिकालाई लाग्ने भयो झट्का



एजेन्सी ।
अनुभवी तथा मुख्य तीव्र गतिका बलर डेल स्टेनले इंग्ल्याण्डविरुद्धको विश्वकपको उद्घाटन खेल गुमाउने भएपछि दक्षिण अफ्रिकालाई ठूलो झट्का लागेको छ।
इंग्ल्याण्डमा बिहीबारबाट शुरु हुने विश्वकपमा घरेलु टोलीविरुद्ध खेल्नुअघि मुख्य खेलाडी डेन स्टेन काँधको चोटका कारण शतप्रतिशत निको नभएपछि उक्त खेल गुमाउँने प्रशिक्षक ओटिस गिब्सनले बताए।
अघिल्लो महिना आइपीएलका दौरान स्टेनले काँधमा चोट बोकेका थिए। ‘उनी दिनप्रतिदिन निको हुने क्रममा छन्,’ दक्षिण अफ्रिकाका प्रशिक्षक गिब्सनले भने ‘इंग्ल्याण्डसँग नभए बंगलादेश अनि इण्डियासँगको खेलमा भने उनी फिट हुनेछन्।’
दक्षिण अफ्रिकाको विश्वकप तयारीमा स्टेनको फिटनेश मुख्य मुद्या बनेको थियो। उनको अनुपस्थितीमा दक्षिण अफ्रिकाले क्रिस मौरिस अथजा डिवाने प्रिटोरिओसलाई मौका दिने सम्भावना छ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६ मंगलबार ००:००  ८ : २३ बजे