४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कांग्रेस सभापति भन्छन्, ओली सरकारले जनताका अधिकार खोस्न थाल्यो



रुपन्देही ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिलेको सरकारले चौतर्फी रुपमा जनताका अधिकार खोसिरहेको बताउनु भएको छ । कांग्रेस रुपन्देहीको प्रथम सम्मेलनको आज तिलोत्तमाको वडा नम्वर १५ मधौलीयामा उद्घाटन गर्दै सभापति देउवाले अहिलेको सरकारले प्रेस, न्यायपालिका र मानवअधिकार आयोग समेतलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाउनु भयो ।
उहाले भन्नुभयो, ‘ओली सरकारले जताका चातर्फी अधिकार खोसीरहेको छ लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि काम कांग्रेसलाई मान्य हुदैन हाम्रो पार्टीले सहन सक्दैन ।’
पूर्व प्रधानमन्त्री देउवाले स्वतन्त्र रुपमा लेख्ने पत्रकारको अधिकार कटौती गर्न सरकारले मिडिया बिधेयक ल्याएको बताउनु भयो । उहाले पार्टी एक भएर अघि बढनुको बिकल्प नभएको बताउदै रुपन्देहीबाटै त्यसको सुरुवात गर्न आग्रह गर्नु भयो ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले ओली नेतृत्वको सरकारबाट अव जनताले अपेक्षा गर्ने कुनै ठाउ नरहेको बताउनु भयो । उहाले पार्टीका सबै नेता कार्यकर्ता मिलेर कम्युनिष्ट सर्बसत्तावाद आउन नदिन र आगामी निर्वाचमा काग्रेसलाई पहिलो पार्टी बनाउन अहिलेदेखि नै लाग्नु पर्ने बताउनु भयो ।
कांग्रेस केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मुलुकको संबिधानको रक्षा, राष्ट्रियताको संरक्षण र बिकासका लागि ओली नेतृत्वबाट मुक्त गर्नुपर्ने बताउनु भयो ।
उहाले ओली नेतृत्वको सरकारबाट संबिधान र राष्ट्रियता बिपरीत काम भईरहेको र बिकास निर्माण हुन नसकेको जिकिर गर्दै ओलीबाट मुलुकलाई मुक्त गर्नु पर्छ भन्नुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  ७ : ४१ बजे