८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

नेकपामा लम्बियो कार्यविभाजनको किचलो, सचिवालय बैठक भोलि फेरि बस्ने



काठमाण्डौ ।
जिल्लाका इन्चार्ज र सहइन्चार्जबारे छिनोफानो गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक निष्कर्षमा नपुगी सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो करिब साढे दुई घन्टा बसेको सचिवालय बैठक नेताहरुलाई दोहोरो जिम्मेवारी दिने या नदिने भन्ने विषयमा मत नमिलेपछि बिनानिष्कर्ष टुंगिएको हो।
बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जिल्ला कमिटीमा इन्चार्ज र सहइन्चार्ज चयन र चयनका नीतिबारे विभिन्न पाटा र पक्षहरुबाट छलफल भएको बताए।
‘आज प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण लामो छलफल गर्न नसकिएकाले भोलि बिहान ९ बजे बसेर जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउने र त्यसपछि अरु विभाग र केन्द्रीय समितिबारे छलफल गर्छौं,’ श्रेष्ठले भने।
उनले छलफल हुँदैमा नेताहरूबीच विवाद छ भनिहाल्न नमिल्ने उल्लेख गर्दै छलफल भने धेरै कोणबाट भएको बताए। तर भोलि पनि जिल्ला इन्चार्ज र सहइन्चार्जबारे सहमति हुन्छ भन्नेमा श्रेष्ठ ढुक्क भने छैनन। श्रेष्ठले ‘भोलि के हुन्छ तयो पनि भन्न नसकिने बताउनु भयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६ बुधबार ००:००  ४ : ०५ बजे