५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

धनगढीमा हावाहुरीका कारण कम्तीमा २० जना घाइते



कैलाली ।
बिहीबार राति धनगढीमा आएको तीब्र हावाहुरीका कारण कम्तीमा २० जना घाइते भएका छन्।
राति ८ बजेदेखि आधीघन्टासम्म आएको हावाहुरीका कारण धनगढी उपमहानगरपालिकामा अहिलेसम्म २० जना घाइते भएको प्रहरी उपरीक्षक सुदीप गिरीले बताए।
उनका अनुसार आधी घन्टासम्म चलेको हावाहुरीका कारण ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका छन्, बाटो अबरुद्ध बनेको छ।
उनका अनुसार घाइतेहरू थुप्रै छन्, पूर्ण जानकारी उपलब्ध भइसकेको छैन। ‘कतै रुढ ढलेका छन्, कतै बिजुलीका पोल,’ गिरीले भने, ‘अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन।’
उनका अनुसार घाइतेहरूको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे यकिन जानकारी प्रहरीले गरिसकेको छैन।

प्रकाशित मिति : २३ जेष्ठ २०७६ बिहिबार ००:००  १० : ४१ बजे