८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

हावाहुरीबाट भारतको उत्तर प्रदेशमा १८ को मृत्यु, २० बढी घाइते



एजेन्सी ।
भारतको उत्तर प्रदेश राज्यमा बिहीबार आएको भीषण हावाहुरीबाट विभिन्न ठाउँमा गरी १८ जनाको मत्यु भएको छ भने २० भन्दाबढी घाइते भएका छन्।

हावाहुरीबाट उत्तरप्रदेशको मैनपुरीमा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ। मौसम विभागका निर्देशक जेपी गुप्ताले हावाहुरीको खतरा अझै टरीनसकेको बताएका छन्।

अझै दुईतिन दिनसम्म हावाहुरीको सम्भावना रहेको बताइएको छ। हावाहुरीको समयमा सर्तक रहन मानिसहरुलाई सुझाव दिइएको छ।

बिहीबार राती उत्तर प्रदेशको मैनपुरी, एटा, कासगञ्ज, मुरादावाद, महोबा, हमीरपुर, फरुखावाद, बदायुन र पिलिभितमा ठूलो हावाहुरीका साथै वर्ष भएको थियो। कैयौँ ठाउँमा असिना समेत परेको थियो।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले पिडित परिवारका लागि आर्थिक सहायोगकको घोषणा गरेका छन्। साथै पिडीतहरुका लागि राहत र उद्दार कार्य चलाइएको छ।

हावाहुरीमा परि मैनपुरीमा सबैभन्दा बढी ६ जना, एटा र कासगञ्जमा तीन–तीन र मुरादावाद, महोबा, फररुखावाद, बदायुन र पिलीभितमा एक–एक जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रकाशित मिति : २४ जेष्ठ २०७६ शुक्रबार ००:००  ३ : ०० बजे