२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

सशस्त्र प्रहरी जवान घुससहित पक्राउ



रौतहट ।
सशस्त्र प्रहरीका घुमुवा घुससहित बिहीबार साँझ पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिवासले घुससहित सशस्त्र प्रहरीका जवान अरुण झालाई पक्राउ गरेको हो। ११ नम्बर सशस्त्र प्रहरी गण सीमा सुरक्षामा कार्यरत प्रहरी जवान अरुण झालाई भारतबाट नेपाल भित्र्याउन लागेको भारतीय सामानलाई भन्सार छली नेपाल भित्र्याउने कार्य गरेबापत ३० हजार रुपैया घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिवासको टोलीले रंगेहात पक्राउ गरेको थियो। विगत केही वर्षदेखि सशस्त्र प्रहरीको घुमुवाको रुपमा कार्यरत झाले विभिन्न राजनीतिक दल लगायतका पावरका भरमा रौतहटका व्यापारीलाई अवैध रकम असुली गर्दै आएको गुनासो बारम्बार आए पनि राजनीतिक तथा शक्तिकेन्द्रका भरमा छुट हुँदै आएकोमा यसपटक भने अख्तियारले सप्रमाणसहित पक्राउ गरेको हो।

प्रकाशित मिति : २४ जेष्ठ २०७६ शुक्रबार ००:००  ३ : २४ बजे