२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने युवक पक्राउ



मोरङ ।
विवाहको आश्वासन दिएर बालिकालाई बलात्कार गर्ने एक युवकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले विवाह गर्ने झुटो आश्वासनसहित बालिका बलात्कार गर्ने विराटनगर–१२ का दिव्य पोद्धारलाई पक्राउ गरेको हो।

प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठका अनुसार, विराटनगर–१४ घर भएकी १६ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा २५ वर्षीय पोद्धारलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, पोद्धारको घर महानगरपालिका–१२ मा भएपनि उनी विराटनगर–१० स्थित सोमबारे हटिया नजिक डेरा बस्दै आएका थिए। प्रहरीका अनुसार पोद्धारले बिहे गर्छु भन्दै झुटो आश्वासन दिएर गत वैशाख १० गते बालिकालाई आफ्नै कोठामा लगेर बलात्कार गरेको खुलेको छ।

प्रारम्भिक अनुसन्धानबाट पोद्धारबाट बालिका पीडित भएको देखिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार पीडित परिवारबाट जाहेरी परेपछि पक्राउ गरिएका पोद्धारविरुद्ध आइतबार जबरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेका पोद्धारको ८ वर्ष अघि नै बिहे भइसकेको खुलेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६ आइतबार ००:००  ८ : १४ बजे