५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

संसदको राज्यव्यवस्था समितिविरुद्ध लोकसेवाका परीक्षार्थी सडकमा उत्रिए



काठमाडौं ।
लोकसेवाले स्थानीय तहका लागि खोलेको ९ हजार कर्मचारीको विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समितिविरुद्ध परीक्षार्थी सडकमा ओर्लिएका छन्। संविधानविपरित भएको राज्यव्यवस्था समितिले नौ हजार कर्मचारीको विज्ञापन रोक्न निर्देशन दिने निर्णयविरुद्ध लोकसेवाका परीक्षार्थी सडकमा उत्रिएका हुन्। माइतीघरदेखि जुलुस लिएर नयाँबानेश्वरसम्म पुगेका उनीहरुले राज्य व्यवस्था समितिविरुद्ध र लोकसेवाको पक्षमा चर्का नाराबाजी गरे। जुलुसमा सहभागी सयौँ युवाहरुले लोक सेवाको विज्ञापन रोक्ने पक्षमा उभिएका नेकपाका सांसद जनार्दन शर्माविरद्ध पनि चर्का नारा लगाए । जुलुसमा सहभागीहरुले लोकसेवाको परीक्षा रोक्न नहुनेमा जोड दिएका थिए । राज्य व्यवस्था समितिले सोमबार जेठ १५ गते लोकसेवाले खुलाएको विज्ञापन रोक्न सरकार र लोकसेवालाई निर्देशन दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : २८ जेष्ठ २०७६ मंगलबार ००:००  १ : ४७ बजे