२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

सार्वजनिक यातायातको भाडा  बढ्यो



काठमाडौं ।
सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातको भाडा अधिकतम् १२ प्रतिशतसम्म वृद्धि गरिएको हो। ‘पेट्रोलियम पदार्थदेखि अन्य सबै कुराको अध्ययन गरेर वैज्ञानिक भाडा दर निर्धारण गरिएको हो’, यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले भने, ‘लामो छोटो रुट हेरेर १० देखि १२ प्रतिशको बीचमा भाडा वृद्धि भएको छ।’ २०६९ सालदेखि सार्वजनिक सवारीको भाडा वृद्धि भएको थिए। करिब ७ वर्षपछि सरकारले भाडा बढाएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६ बिहिबार ००:००  ४ : ३९ बजे