४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026

गाउँपालिका उपाध्यक्ष सहित १६ जना सवार जीप कर्णाली नदीमा खस्यो



हुम्ला ।
कर्णाली नदीमा जीप दुर्घटना हुँदा १६ जना वेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढी बेणु बिसौना र कैलेबालुको बिच खण्डबाट नदीमा खसेको हो।
जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाही सहित १६ जना वेपता भएको याक्चु प्रहरीलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए ।
खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे गाडी दुर्घटना भएको हो । गाडीमा बसेका कति यात्रु सवार थिए भन्ने एकिन भइ नसकेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेले जानकारी दिए । अहिले नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार गरिरहेको छ ।
तर गाडी नदिमा खसेको केहिसमय पछि गाडी नै कर्णाली नदिले नै पुरै छोपेकोले कुन ठाउँमा गाडी छ, भन्ने थाहा नभएको घटनास्थलमा पुगेका पत्रकार राजन रावतले बताए । सिमकोट विमानस्थलबाटै फिस्टेल एयरको हेलिकप्टरबाट घटनास्थलमा सुरक्षा निकाया पुगिसेकका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३ असार २०७६ मंगलबार ००:००  २ : ५९ बजे