९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

नेपालमा मनसुन सुरु, देशभर फैलिन केहि दिन लाग्ने



काठमाडौँ ।  

नेपालमा आजदेखि मनसुन सुरु भएको छ। मुलुकको पूर्वी भागबाट सुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ।

नेपालमा सामान्यतया मनसुन जुन १० तिर प्रवेश गर्छ। यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो भएको महाशाखाले जनाएको छ।

साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ। उक्त समयमा नेपालमा वार्षीक वर्षाको करीब ८० प्रतिशत वर्षा हुने गर्छ।

साउथ एशियन क्लाइमेट आउटलुक फोरम १४ मा आँकलन गरिए अनुसार यस वर्षको मनसुनी वर्षा नेपालका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम हुने अनुमान महाशाखाको छ।

प्रकाशित मिति : ५ असार २०७६ बिहिबार ००:००  ८ : ५२ बजे