९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुरुङमा थुनिएका १७ मजदुरको उद्धार कार्य सुरु



रसुवा ।
रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरुङ निर्माणस्थलमा पहिरो जाँदा सुरुङमा थुनिएका १७ मजदुरको उद्धार कार्य सुरु भएको छ। बिहीबार साँझ साढे ८ बजे गएको पहिरो सुरुङ निर्माणस्थलमा खस्दा १०० मिटरभित्र मजदुरहरु थुनिएका थिए। उनीहरुको बिहानैदेखि उद्धार कार्य सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।
प्रजिअ भण्डारीका अनुसार सुरुङभित्र रहेका मजदुरहरुसँग सञ्चार सेटमा सम्पर्क भइरहेको छ। सबै सकुसल रहेको बताइएको छ। उद्धार टोलीमा स्वास्थ्य टोली पनि रहेका छन्। थुनिएका मजदुर बाहिर निस्किनबित्तिकै स्वास्थ्य परीक्षण गरिने प्रजिअ भण्डारीले जनाएका छन्। थुनिनेमध्ये ११ जना नेपाली र ६ जना चिनियाँ मजदुर छन्।

प्रकाशित मिति : ६ असार २०७६ शुक्रबार ००:००  ७ : २६ बजे