१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

दुई तिहाईको कम्युनिष्ट सरकारले राम्रो काम गर्न सकेनः सिंह



रुपन्देही ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिहंले दुई तिहाईको कम्युनिष्ट सरकारले जनताको पक्षमा हुने राम्रा काम गर्न नसकेको बताउनु भएको छ ।
गणेशमान सिंह स्मृति पुस्ताकालय सैनामैनाले शनिबार सैनामैनामा आयोजना गरेको एक दिवसीय विचार गोष्ठिलाई सम्बोधन गर्दै सिंहले देशमा भ्रष्टाचार, हिंसात्मक गतिविधी बढिरहेको बेला सरकारले टुलुटुलु हेरिरहेको बताउनु भयो ।
अव यो सरकारले केही राम्रो काम गर्दैन भन्ने जनतामा स्पष्ट भएको बताउदै कम्युनिष्टहरुले बिकास गर्न सक्दैनन जनतालाई झुक्याउन मात्र सक्छन भन्ने कुरा पनि जनताले बुझेको उहाँले बताउनु भयो । उहाले कांग्रेस साङगठनिक र बैचारिक रुपमा शसक्त हुदै जाने बताउदै आउने चुनावमा कांग्रेस पहिलो पार्टी भएर खडा हुने दाबी गर्नु भयो ।
कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको बताउदै नेता सिंहले जनताको इच्छा, माग र चाहानलाई परिपुर्ति गर्ने मुद्धाहरुमा सधै तल्लिन रहने आश्वासन दिनुभयो ।
गणेशमान सिंह स्मृति पुस्ताकालय सैनामैनाका सभापति तेज प्रसाद लामिछानेको अध्यक्षता र माधव ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा कांग्रेस पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, काठमाडौं सभापति सरवोद बाँनिया, प्रदेश सभा सदस्य फकरर्दिन खाँ लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ६ : ५१ बजे