१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

भ्रष्टचार बिरुद्ध जनमुक्तिले थाल्यो हस्ताक्षर संकलन



बुटवल ।
भ्रष्टाचार बिरोधी अभियान सञ्चालन गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले शनिबार बुटवलमा भ्रष्टाचार बिरुद्ध हस्ताक्षर संकलन गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीले शनिबार बुटवलमा भ्रटाचार विरुद्ध एक हुन आह्वान गर्दै नागरिक हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।
हस्ताक्षर संकलन कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उपमहासचिव टोप अस्लामीले अभियान औपचारिकताका लागि मात्र नगरिएको स्पष्ट पार्दै भ्रष्टाचारीलाई देशद्रोही घोषणा गरी सो सरह सजाँय हुनुपर्ने माग गरे । भ्रष्टाचार अन्त्य नहुँदासम्म कुनैपनि समृद्धिको कल्पना गर्न नसकिने बताए ।
नीति नियम बनाउने सांसदहरुलाई ६ करोड रुपयाँ बाडेर बर्तमान सरकारले भ्रष्टाचारलाई मलजल गरेको भन्दै उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम देखावटी भएको आरोप लगाए ।
सो अवसरमा पार्टीका केन्द्रिय उपाध्यक्ष तथा भ्रष्टाचार विरुद्ध अभियानका प्रदेश ५ संयोजक होमाया गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ५ का अध्यक्ष झम बहादुर गुरुङ, जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, जिल्ला सचिव दिलमाया गुरुङ, पार्टीका बुटवल उपमहानगर समिति अध्यक्ष थर्क बहादुर बारघरे, लगायतले आ आफ्नो भनाई राखेका थिए ।
हस्ताक्षर अभियान सुरु गर्नु अघि लखनचोक चौराहबाट ¥याली सहित मिलनचोक, बसपार्क, अस्पताललाईन् हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।
¥यालिमा सहभागीहरुले भ्रष्टाचार देशद्रोह हो, भ्रष्टाचारीलाई कारवाही गर, न्यायिक छानविन समिति गठन गर जस्ता नाराहरु लगाएका थिए । भ्रष्टाचार बिरोधी अभियाननै सञ्चालन गर्दै आएको सो जनमुक्ति पार्टीले भ्रष्टाचार न्युनिकरणका लागि दवाव सिर्जना गर्ने उद्देश्यले हस्ताक्षर संकलन गरिएको जनाएको छ । सो पार्टीले भ्रष्टाचार विरुद्ध देशैभर दवावमूलक कार्यक्रमहरुलाई अगाडि बढाएको छ । प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ६ : ५८ बजे