४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

भारतलाई नयाँ जर्सी फापेन, इङ्ल्यान्डसँग ३१ रनले पराजित



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दाबेदार भारत आयोजक इङ्ल्यान्डसँग पराजित भएको छ । शनिबार भएको खेलमा भारत इङ्ल्यान्डसँग ३१ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

एजबेस्टन क्रिकेट मैदानमा भएको खेलमा इङ्ल्यान्डले दिएको ३३८ रनको लक्ष्य पछएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै मात्र ३०६ रन बनायो ।

भारतका लागि रोहित शर्माले शतकीय पारी खेले १०९ बल खेलेका उनले १५ चौकाको सहयोगमा १०२ रन बनाए । त्यस्तै कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । ७६ बल खेलेका कोहलीले ७ चौकाको सहयोगमा ६६ रन बनाए । भारतका लागि हार्दिक पाण्ड्याले ४५ रन जोड्दा महेन्द्र सिंह धोनीले ४२ रन र रिशव पन्तले ३२ रन जोडे ।

बलिङतर्फ इङ्ल्यान्डका लागि लियाम प्लंकेटले सर्वाधिक तीन विकेट लिए । त्यस्तै क्रिस वक्सले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३७ रन बनाएको थियो ।

बम बम बम
इङ्ल्यान्डका लागि ओपनर जोन्नी बेयरिस्टोले शतकीय पारी खेले । १०९ बल खेलका उनले १० चौका र ६ छक्काको सहयोगमा १११ रनको योगदान गरे । बेयरिस्टोको एकदिवसीय क्रिकेटमा यो आठौँ शतक हो ।

आजको खेलमा बेयरिस्टो र जेसन रोयले १६० रनको साझेदारी गरे । इङ्ल्यान्डका बेन स्टोक्स र लागि रोयले अर्धशतकीय पारी खेले । ५४ बल खेलेका स्टोक्सले ६ चौका र ३ छक्काको सहयोगमा ७९ रन बनाए । ५७ बल खेलेका रोयले ७ चौका र २ छक्काको सहयोगमा ६६ रन जोडे ।

त्यस्तै जोय रुटले ४४ रन जोड्दा जोस बट्लरले २० रनको योगदान गरे ।

बलिङतर्फ भारतका लागि मोहमद स्वामीले सर्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन ओभरसँगै ६९ रन दिए । त्यसै जस्प्रित भुम्राले र कुलदिप यादवले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : १६ असार २०७६ सोमबार ००:००  ६ : ०८ बजे