७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सिरहामा डिएपी मल अभाव



सिरहा ।
किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी रासायनिक मल को अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईंले बताए। उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी मलको माग रहेकोमा हाल एक बोरा पनि डिएपी मल कृषि सामग्रीको गोदाममा छैन। डिएपी मलको अभाव भए पनि युरिया मल भने पर्याप्त रहेको छ। डिलर रहेका सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनीले गाउँ गाउँका किसानलाई मलखाद्य बिक्री वितरण गर्दै आएको छ।
रासस

प्रकाशित मिति : १६ असार २०७६ सोमबार ००:००  १ : ४५ बजे