राम प्रघट कोरी, विजयनगर ।
प्रदेश ५ की कृषि मन्त्री आरती पौडेलले प्रदेशलाई कृषिको माध्यमबाट विकास गर्न सकिने दावी गर्नु भएको छ । विकासको आधार भनेकै कृषि भएकोले प्रदेश सरकारले पहिचान गरेको उहाँले बताउनुभयो । विजयनगरका गरिबी रेखामुनि रहेका कृषकले अंगालि रहेको कृषि पेशा व्यवसायलाई केही सहयोग होस् भन्ने उद्धेश्यले कायक्रम ल्याई उपस्थित भएको पौडेलले बताउनु भएको छ ।
सानो किसानले खेती गर्छ भने प्रदेश सरकारबाट सहयोग मिल्छ उहाँले भन्नुभयो, ‘जसको जग्गा छैन खेती गर्न चाहन्छ, किसानले ठेक्का लिएर गर्छ त्यस्ता समुदायलाई सरकारे ठेक्का भाडा तिर्छ, मल, विउ, धारा र बजारीकरण समेत गर्छ ।’
प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले प्रदेशमै पछाडि परेको विजयनगर गाउँपालिकालाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको भन्दै धन्यवाद दिनुभयो । व्यवसायिक रुपामा खेती गर्ने कृषकलाई सहयोगका लागि विशेष पहल गर्ने पनि सांसद केसीले प्रविद्धता जनाउनुभयो ।
कृषि, पशुपंक्षी, सहकारी तथा भुमिसुधार मन्त्रालय महाशाखा प्रमुख प्रदीप शर्माले कार्यक्रमको बारेमा जानकारी गराउँदै प्रदेश नं. ५ भित्र रहेका १२ जिल्लामा अति गरिब चार जिल्ला मध्ये कपिलवस्तु पनि गरिबीको रेखामुनि रहेको बताउनुभयो । त्यसमा पनि कपिलवस्तुको विजयनगर अति गरिबी रेखामुनि रहेको बताउनुभयो । गरिबीको रेखामुनि रहेका ४० जना कृषकहरुलाई वस्तुगत सहयोग गरिएको उहाँले बताउनुभयो । कार्यक्रमले किसानलाई उत्पे्ररणा दिई आत्मनिर्भर बनाउने बताउनुभयो ।
कोटा अनुसार वस्तुगत सहयोगमा ९ जनालाई कुखुरा पालन, ४ जनालाई बाख्रापालन, ३ जनालाई पशु पालन, १८ जनालाई तरकारी खेती, १ जनालाई गाईपालन र ५ जनालाई भैँसीपालन व्यवसाय गर्न माग गरे अनुसार वस्तुगत सहयोग गरेको शर्माले बताउनुभयो ।
प्रदेश सरकारले विशेष प्राथमिकता दिएर किसानलाई सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आभार प्रकट गर्नुभएको छ । आफु गाउँपालिकामा निर्वाचित भएर यहाँ पछि थुप्रै कामहरु गरेको भन्दै पाँच बर्षे आफ्नो कार्यकाल भित्रमा गाउँपालिकाको मुहार परिवर्तन गर्ने बताउनुभयो ।
२० असार २०७६ शुक्रबार ००:००
0
Shares






प्रतिक्रिया