२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्किँदै, सन्दीप र सोमपाल भने नआउने



काठमाडौं ।
विश्वकप क्रिकेट एशिया क्षेत्रीय छनोटको फाइनल खेल्न सिंगापुर गएको नेपाली राष्ट्रिय टोली सोमबार स्वदेश फर्कने भएको छ। प्रतियोगिताको अन्तिम खेलमा आयोजक सिंगापुरसँग पराजित भएको टोली सोमबार राति साढे १० बजे मलेसियन एयरबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने भएको हो। टोलीका सदस्य सन्दीप लामिछाने र सोमपाल कामी भने नेपाल फर्किने छैनन्। उनीहरू ग्लोबल टि ट्वाइन्टी क्यानडा लिग क्रिकेट खेल्न सिधै क्यानडा जानेछन्। उनीहरू सोमबार बिहान साढे ८ बजे टोरन्टो क्यानडा पुग्नेछन्। सोमबार हुने खेलका लागि नै उनीहरू त्यहाँ पुग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

प्रकाशित मिति : १२ श्रावण २०७६ आइतबार ००:००  २ : ५५ बजे