५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चुनावी घोषणापत्र अनुसार नै काम गरेका छौं : उप–प्रमुख अर्याल (भिडियो)



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगा नगरपालिकाका नगर उप-प्रमुख चक्रपाणी अर्यालले जनप्रतिनिधिको सामुहिक भावना नै समृद्ध नगरको यात्रा भएको बताउनुभएको छ । नगरपालिकालाई समृद्ध बनाउनका लागि एक्लो प्रयासले नहुने भन्दै सबैको समान सोचाईले सम्भव हुने बताउनुभयो । नगरपालिकामा दुई-दुई बर्षका बजेट कार्यान्वयनको अवस्था हेर्दा जनप्रतिनिधिबीचको एकता राम्रोसंग देख्न सकिने तर्क गर्नुभयो ।
रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतनिधिमा बोल्दै उहाँले चुनावी घोषणापत्रमा अहिले पनि अडिग रहेको बताउनुभयो । चुनावी प्रतिवद्धता पूरा हुँदैनन की भन्ने शंका नपाल्न उहाँले नगरबासीलाई आग्रह गर्नुभएको छ । चुनावी प्रतिवद्धता नगरबासीको आवश्यकता अनुसार तयार पारिएको भन्दै त्यसलाई पूरा गर्न कुनै समस्या नभएको बताउनुभयो ।
नगरबासीको विशेष माग भौतिक पूर्वाधार नै रहेकोले बजेटको आकार पनि यसैमा बढी रहेको बताउनुभयो । आव ०७४/०७५ मा ३० किलो मिटर बाटो कालोपत्रे, ६५ किलोमिटर बाटो ग्राभेल, दुई दर्जन बढी कल्वर्ड निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै आव ०७५/०७६ मा २५ किलोमिटर बाटो कालोपत्रे, ५० किलोमिटर बाटो ग्राभेल, २६ ओटा कल्वर्ड निर्माण भएको बताउनुभयो ।
नगरपालिकामा हरेक बर्ष बजेटको आकार बढेको भन्दै आफुहरुको कार्यकालमा अझै थु्रपै कामहरु सम्पन्न हुने बताउनुभयो । यो आवमा नगरपालिकाबाट केही नयाँ कामहरुको थालनी हुने बताउनुभयो । अबका केही दिनमा नगरपालिका नयाँ भवनमा सर्ने बताउनुभयो । नयाँ भवनमा सर्दा सबै कामहरु एउटै भवन भित्र हुने हुँदा सेवाग्राहीलाई कुनै झन्झन नहुने बताउनुभयो । यस्तै यसै बर्ष वडा नं. २, वडा नं. ८ र वडा नं. ६ को वडा कार्यालयको नयाँ भवन निर्माण सुरु हुने उहाँले बताउनुभयो । यसैगरी विभिन्न विद्यालयका भौतिक संरचना बन्ने छन् भने राष्ट्रिय गौरवका आयोजनाहरुको पनि थालनी हुने उहाँले बताउनुभयो ।
थप कुराकानी सुन्नका लागि भिडियो हेर्नुहोस

प्रकाशित मिति : २१ श्रावण २०७६ मंगलबार ००:००  ९ : ३६ बजे