१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

महासंघकी अध्यक्ष भवानी राणा र बरिष्ठ उपाध्यक्ष गोल्छा कपिलवस्तु आउदै


२ भाद्र २०७६ सोमबार ००:००  

0
Shares

मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा कपिलवस्तु आउनु हुने भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको चौथो साधारण सभा तथा नवनिर्मित भवनको उद्घाटन गर्न कपिलवस्तु आउनु हुने भएको हो । संघको मंगलबार आयोजना हुने चौथो तथा स्थापनाको
तेह्रौ साधारण सभा तथा भवन उद्घाटन एकैसाथ हुने भएकाले नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा कपिलवस्तु आउनुहुने भएको संघका अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो । महासंघकी केन्द्रिय अध्यक्ष राणा आउने भएपछि यसक्षेत्रका उद्योगी व्यवसायी पनि उत्साहित भएका छन् । महासंघकै बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पनि संगै आउने भएपछि संघको साधारण सभामा थप रौनकता थपिने संघका उपाध्यक्ष हुमनाथ पौडेलले बताउनुभयो । कार्यक्रममा महासंघका केन्द्रिय पदाधिकारी, प्रदेश अध्यक्ष, नगर अध्यक्षहरु लगाएतको सहभागीता रहने र आवश्यक समन्वयको काम अघि बढिरहेको संघका निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
संघको साधारण सभा तथा भवन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । वाणगंगा नगरपालिका ४ स्थित संघको नवनिर्मित भवन प्राङ्गणमा आयोजना हुने साधारण सभाको तयारी अन्तिम चरणमा पु्गेको छ । संघको साधारण सभा र भवन उद्घाटनको कार्यक्रम अत्यन्तै प्रभावकारी बनाउदै नयापन दिइने बताइएको छ । समयलाई निकै कडाईका साथ पालना गर्दै आएको संघले समयमै कार्यक्रम शुरु गर्ने बताएको छ । संघको समय आन्दोलनको अभियानलाई सम्पूर्ण अतिथी तथा सहभागीले सहयोग र साथ दिन संघका महासचिव लक्ष्मण अधिकारीले आग्रह गर्नुभएको छ ।
साधारण सभा संगै भवन उद्घाटन कार्यक्रमको सवै तयारी पुरा भएको छ । कार्यालयको भवन निर्माणको कामलाई पनि दु्रत गतिमा रातदिन गरेर काम सम्पन्न भएको भवन निर्माण समितिका संयोजक रुक बहादुर भुसालले बताउनुभयो । संघको भवन निर्माणको कार्य सकेसंगै कार्यालयका लागि आवश्यक सामाग्री, रंगरोगन, फर्निचर र कार्यालय चिटिक्क बनाउने काम पनि अघि बढिरहेको संघका कोषाध्यक्ष मोहन न्यौपानेले बताउनुभयो । ४ तले आवासीय सुविधा सहितको भवनले संघको थप आकर्षण बढेको सदस्य डोलकराम घिमिरेले बताउनुभयो । संघको साधारण सभाले भावी निति तथा कार्यक्रम सहितको नया योजना सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६ सोमबार ००:००  ३ : ४१ बजे