१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

नेकपा सचिवालय बैठक फेरि स्थगित 



काठमाडौं ।

मंगलबार  बस्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास   बालुवाटारमा बस्न लागेको बैठक स्थगित भएपछि नेताहरु निस्किएका छन्। बैठक नबसेपछि बालुवाटारबाट सबैभन्दा पहिले माधवकुमार नेपाल बाहिरिएका छ्न। त्यसपछि नारायणकाजी श्रेष्ठ र वामदेव गौतम पनि निस्किएका छन्।

बालुवाटारबाट बाहिरिने क्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको तयारी नपुगेको सन्देश महासचिव विष्णु पौडेलमार्फत् पठाएपछि आफुहरु उठेको बताए। बैठक स्थगित भएपछि दुई अध्यक्ष सर्वदलीय बैठकको तयारीमा जुटेका छन्। यो बैठकमा ज्येष्ठ नागरिक र विदेश विभागसहितका निकायका प्रमुख नियुक्तिबारे टुंगो गरिने तयारी थियो।

प्रकाशित मिति : ३ भदौ २०७६ मंगलबार ००:००  ४ : १५ बजे