२ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026

राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा चन्द्रौटामा



दिपक खड्का, चन्द्रौटा कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको पश्चिमको व्यवसायीक केन्द्रको रुपमा परिचित शिवराज नगरपालिका वडा ५ चन्द्रौटामा राष्ट्रिय वाणिज्य बैकले नयाँ शाखा संचालनमा ल्याएको छ ।
प्रदेश सांसद अर्जुन कुमार के.सी को पहिलो खाता खोली बैकको शुभआरम्भ भएको हो । कार्यक्रमबोल्दै प्रदेश न ५ का सांसद के.सी ले नेपाल सरकारको शतप्रतिशत लगानी भएको बैक भएको भन्दै राष्ट्रिय वाणिज्य बैक लाई बैक अफ द बैकको संज्ञा दिदै यो बैकले यस क्षेत्रमा रहेका व्यापारी, कृषक र यस क्षेत्रका बासिन्दा लाई सहज हुने बताउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले राष्ट्रिय वाणिज्य बैकले महिला उद्यमीहरुलाई प्राथमिकतामा राखि सस्तो ब्याज दरमा श्रृण उपलब्ध गराउदै आएकोले महिला उद्यमीहरुले उद्योग संचालनमा सहजता हुने बताउनुभयो।
कार्यक्रम राष्ट्रिय वाणिज्य बैक तौलिहवका प्रबन्धक तथा प्रदेश न ५ का सम्पर्क प्रमुख विनोद पाण्डेले चन्द्रौटा क्षेत्र औधोगिक र व्यवपारिक केन्द्र भएकोले शाखा खुल्न अत्यन्त जरुरी रहेको बताउनुभयो ।
आफु दाङ जिल्ला वासि भएको नाताले पनि यस क्षेत्रका जनतालाई यसको सरल सुलभ सेवा दिने आफनो चाहना पुरा भएको बताउनुभयो । राष्ट्रिय वाणिज्य बैकले मौरी पालन कृषक, तरकारी खेती गर्ने हरुले थोरै ब्याज दरमा ऋण उपलब्ध हुने भएकोले नेपाली नागरिकहरुलाई ठुलो राहत पुग्ने बताउनुभयो ।
चन्द्रौटा शाखा प्रमुख गोपाल न्यौपानेले राष्ट्रिय वाणिज्य बैक कृषि कर्जामा २ दशमलव ३८ प्रतिशत ब्याज बचत खातामा ६ प्रतिशत मुद्धती खातामा ९ दशमलव २५ प्रतिशत ब्याज दर दिने गरेको बताउनुभयो ।
बैकले २६ वर्ष मुनिका युवाहरुलाई खाता खोल्दा मोबाईल बैंकिङ र ए.टि.एम निशुल्क र विद्यार्थीहरुलाई शुन्य मौज्दात लगाएत अन्य सुविधा भएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा शिवराजका नगर अध्यक्ष दिनेश पुन, व्यापार संघका अध्यक्ष महादेव पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाँ, युवा व्यापारी गणेश के.सी, शैलेन्द्र पुन लगाएत व्यापारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ भदौ २०७६ मंगलबार ००:००  ४ : ४४ बजे