८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार दिउँसो सिंगापुरतर्फ प्रस्थान गरेका छन्। थाई एयरवेजको जहाजमार्फत् प्रम ओली दिउँसो साढे १ बजे सिंगापुतर्फ उडेका हुन्। सिंगापुरमा स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।
ओलीसँगै पत्नी राधिका शाक्य पनि सिंगापुरतर्फ लागेकी छन्। ओली यसअघि उपचार गरी फर्किएको १० दिनमै त्यसतर्फ लागेका हुन्। प्रमको बिदाइमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष तथा नेकपाका उपनेता सुवास नेम्वाङ र गृहमन्त्री रामबहादुर थापा बादलसहितका सरकारका उच्च पदस्थ अधिकारीहरु विमानस्थलमा पुगेका थिए।

प्रकाशित मिति : ५ भदौ २०७६ बिहिबार ००:००  १ : ५३ बजे