३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

स्पेनिस ला लिगाः बार्सिलोना र ओसासुनाबीचको खेल शनिबार बेलुका पौने नौ बजे



एजेन्सी ।

स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोना शनितबार ओसासुनासँग खेल्दैछ ।
ओसासुनाको मैदानमा हुने खेल नेपाली समयअनुसार आज बेलुका पौने नौ बजे हुनेछ । यस खेलमा बार्सिलोनाका तीन जना मुख्य खेलाडी नखेल्ने भएका छन् । लियोनल मेस्सी पूर्ण रुपमा फिट नभएका कारण यो म्याचमा उपस्थित नहुने प्रशिक्षक अर्नेस्तो भाल्भार्डेले बताएका छन् । उनी दुई सातापछि नोउ क्याम्पमा हुने भ्यालेन्सियाविरुद्धको खेलमा मात्र उपस्थित हुने भाल्भार्डेको भनाइ छ ।

पिँडौलाको इन्ज्युरीका कारण मेस्सीले यो सिजनको कुनै पनि खेल खेलेका छैनन् । यस्तै लुइस स्वारेज र डेम्बेले पनि फिट छैनन् । यस्तै नयाँ खेलाडी नेटो र जुनियर फिर्पो पनि इन्ज्युरीका कारण मैदानमा उत्रिने छैनन् । ‘मेस्सी अझै पनि फिट हुन प्रयासरत छन्,’ भाल्भार्डेले भने, ‘भ्यालेन्सियाविरुद्धको खेलसम्ममा फिट हुने आशा गरेका छौं ।’

ला लिगामा आज राति अन्य तीन खेल पनि हुँदैछन् । गेटाफेको मैदानमा डिपोर्टिभो एलाभेस तथा लेभान्ते र रियल भालाडोलिडबीच राति पौने एघार बजे तथा रियल बेटिस र लेगानेसबीच मध्यराति पौने एक बजे प्रतिष्पर्धा हुँदैछ ।

प्रकाशित मिति : १४ भाद्र २०७६ शनिबार ००:००  १ : १४ बजे