२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बार्सिलोनाको खराब प्रदर्शन, फेरि पनि जित बिहीन



काठमाण्डौ ।

साबिक विजेता बार्सिलोनाले यो सिजन स्पेनिस ला लिगा फुटबलमा खराब प्रदर्शन गरिरहेको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग बराबरीमा रोकिएको छ ।
अवे मैदानमा भएको खेलमा लियोनल मेस्सीको टिम बार्सिलोना अंक बाँड्न बाध्य भएको हो । सातौँ मिनेटमा रोबर्टो टोरेजको गोलबाट ओसासुनाले अग्रता लियो ।
५१ औँ मिनेटमा अन्सु फातीले बार्सिलोनाका लागि बराबरी गोल गरे । १६ वर्षका फाती ला लिगामा गोल गर्ने बार्सिलोनाका कम उमेरका खेलाडी बनेका छन् ।
६४ औँ मिनेटमा आर्थर गोल गरेर बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा टोरजले गोल गरेपछि ओसासुनाले २–२ को बराबरी बनायो ।
बराबरीपछि सातौँ स्थानको बार्सिलोनाको तीन खेलबाट चार अंक भएको छ । पाँच अंकसहित ओसासुना पाँचौँ स्थानमा छ ।
ला लिगा अन्तर्गत शनिबार राति भएका खेलमा लेभान्टेले रियल भालाडोलिडलाई २–० तथा रियल बेटिसले लेगानेसलाई २–१ ले पराजित गरेको छ । यस्तै गेटाफे र एलाभेसले १–१ को बराबरी गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६ आइतबार ००:००  ८ : १३ बजे