२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थालाई अर्थमन्त्रीको आह्वान



काठमाडौँ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आह्वान गरेका छन् । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई सचेत गराएका हुन् ।
कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक गतिविधि बढेको, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि बढेको तथा राजनीतिक स्थायित्व पनि कायम भएकाले सेयर बजारमा लगानी बढाउन अति अनुकूल समय रहेको पनि स्मरण गराए ।
सेयर बजारमा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने अर्थमन्त्री खतिवडाको भनाई छ । अर्थमन्त्री खतिवडाले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न पनि वित्तिय संस्थाहरुलाई निर्देशन दिए । उनले पूँजी बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : ३१ भदौ २०७६ मंगलबार ००:००  २ : १९ बजे