३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

प्रधानमन्त्रीले संसदमा सम्बोधन नगर्ने



काठमाण्डौँ । बजेट अधिवेशनको अन्त्यमा प्रधानमन्त्रीले संसदमा सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालका अनुसार असोज ३ गते संविधान दिवसका दिन देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले संसदको कार्यक्रम रद्द भएको हो । ‘संविधान दिवसका दिन प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुहुन्छ’, डा अर्याललेभन्नुभयो, ‘संविधान दिवसका दिन सम्बोधन गर्ने कार्यक्रम रहेकाले संसदको सम्बोधन रोकिएको हो।’ प्रधानमन्त्री ओलीले बिहीबार संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम थियो।

दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई र त्यसपछि राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको थियो। प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने थियो। यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए। सिंगापुरमा उपचार गराएर फर्किएपछि बुधबारदेखि सार्वजनिक कार्यक्रममा सक्रिय भएका ओलीले आफ्नो उपचारको बारेमा पनि सदनलाई जानकारी गराउने कार्यक्रम थियो। छन्। प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले बिहीबारको प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समय भने हटाइएको थियो। तर अन्तिम समयमा प्रमको सम्बोधन नै रद्द भएको हो।

प्रकाशित मिति : २ आश्विन २०७६ बिहिबार ००:००  २ : २८ बजे