३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

कांग्रेस कपिलवस्तुको जागरण अभियान क्षेत्र नं. १ मा, पार्टीलाई सुदृढ र बलियो बनाउँनुपर्नेमा जोड



कपिलवस्तु ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत आज कपिलवस्तुको क्षेत्र नं. १ को प्रदेश सभा क का विभिन्न स्थानमा कार्यक्रमहरु सम्पन्न भएका छन् । वाणगंगा नगरपालिका वडा नं. ११ ओदारी, मायादेवी गाउँपालिका वडा नं.३ र कपिलवस्तु नगरपालिका वडा नं. ११ को कार्यक्रम फुलिकामा र कपिलवस्तु नगरपालिका वडा नं. ९ र १० मा जागरण अभियानका कार्यक्रम सम्पन्न भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिध सभा सांसद अतहर कमाल मुसलवान, विशिष्ठ अतिथि पुर्व मन्त्री दिपकुमार उपाध्याय तथा केन्द्रिय प्रतिनिधी मिलन बाबु श्रेष्ठले नेपाली कांग्रेसको जागरण अभियानले जनतलाई सुशुचित गराईरहेकोले अब नेपाली कांग्रेस बलियो पाटी बन्ने बताएका थिए । उनिहरुले उक्त कार्यक्रमले पार्टी सुदृढिकरण र संगठन बलियो भएको दावि गरेका थिए । वाणगंगा ११ ओदारीमा भएको कार्यक्रममा वडा सभापति गोबिन्द चौत्ररीको सभापतित्व, लक्ष्मण कंडेलको स्वागत मन्तब्य तथा भगवानदास थारुको सञ्चालन रहेको थियो भने फुलिकामा सम्पन्न कार्यक्रममा वडासभापति रहिस महमदको सभापतित्व, स्वागत अत्तिकुर रहमानको स्वागत मन्तब्य तथा राधेश्याम चौधरीको सञ्चालन रहेको थियो । त्यस्तै कपिलवस्तु नगरपालिकामा सम्पन्न कार्यक्रममा वडासभापति अब्दुल सतार खाँको सभापतित्व, लोकनाथ अर्यालको स्वागत मन्तब्य तथा देवेन्द्र कुमार पोख्रेलको सञ्चालन रहेको थियो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको पार्टीले जनाएको छ ।Image may contain: 5 people, crowdImage may contain: 13 people

प्रकाशित मिति : ४ आश्विन २०७६ शनिबार ००:००  ६ : २२ बजे