२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

सुनचाँदीको मूल्य फेरि बढ्यो



काठमाडौं ।
केही दिन स्थिर रहेको सुनको मूल्य मंगलबार उकालो लागेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघले सुन प्रतितोला १०० रुपैयाँ बढेको हो। संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार ४०० रुपैयाँ कायम गरिएको छ। यसैगरी तेजाबीको मूल्य प्रतितोला सुन ७१ हजार १०० रुपैयाँ छ। यस्तै‚ चाँदी प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार, आइतबार र सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ३०० र तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार र आइतबार चाँदी प्रतितोला ८६० मा कारोबार भएको थियो। सोमबार चाँदी ८७५ मा कारोबार भएको थियो।

प्रकाशित मिति : ७ आश्विन २०७६ मंगलबार ००:००  १ : ०१ बजे