७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सुनको मूल्य फेरि बढ्यो



काठमाडौं ।
केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। बुधबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघले बुधबार प्रतितोला ६०० रुपैयाँले बढेको जनाएको छ। संघका अनुसार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँ कायम गरिएको छ। यसैगरी तेजाबीको मूल्य प्रतितोला सुन ७१ हजार ७०० रुपैयाँ छ। यस्तै‚ चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार ४०० र तेजाबी सुन प्रतितोला ७१ हजार १ रुपैयाँमा कारोबार भएको थियो। चाँदी प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ८ आश्विन २०७६ बुधबार ००:००  ११ : ५८ बजे