२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

वडा नम्बर ९ द्धारा कृषि समुहलाई कृषि सामग्री वितरण



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले कृषि समुहलाई कृषि सामग्री वितरण गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ वडाको आयोजनामा वडामा रहेका २० वटा सूचिकृत समूहलाई कृषि सामग्री वितरण गरिएको हो ।

समुहलाई तरकारी बिऊमा काउली, बन्दा, टमाटर, मूला, चम्सुर, सिमी जनप्रतिनिधिको रोहवरमा वितरण गरिएको छ ।

यस्तै जिन्सीमा स्प्रे, हजारी, प्लाष्टिक टनेल जस्ता कृषि सामग्री एक समारोहका बीच वितरण गरेको छ ।
बाणगंगा नगरपालिका कृषि शाखाबाट तरकारीको बिऊ, मिनीकेट सहयोग रहेको छ ।

वर्षायामको समाप्ति पछि कृषकलाई तरकारी खेतीको बिऊ उत्पादन गर्नको लागि वडाले वजेट विनियोजन गरेको वडाध्यक्ष ध्रुव वेल्वासेले बताएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७६ बिहिबार ००:००  ७ : २७ बजे