६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

सुर्योदय सामाजिक विकास संस्थामा पुनः सेनको नेतृत्व



मयादेवी अनलाइन, कपिलवस्तु ।
सुर्योदय सामाजिक विकास संस्था वाणगंगा १ कपिलवस्तुले नयाँ नेतृत्व पाएको छ । संस्थाको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट पुनः ३ बर्षका लागि सरोज कुमार सेनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, कला तथा सांस्कृतिक उपाध्यक्षमा चन्द्रकान्त पोख्रेल, युवा तथा खेलकुद उपाध्यक्षमा सुरज थापा, महा–सचिवमा राम प्रसाद बन्जाडे (जन्जित पुरुष), सचिवमा राजेन्द्र बहादुर बोहोरा, कोषाध्यक्षमा माया थापा चयन हुनुभएको छ । लाल बहादुर सिं ठकुरी, गोपाल पौडेल, बिमल बस्नेत, असिम ढकाल, साबित्री खाँण, मन्जु सुवेदी केसी, सरस्वती मल्ल र मनोज कुमार खत्री सदस्यमा चयन हुनुभएको छ । नयाँ नेतृत्वले आज नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छ ।Image may contain: 11 people, including Chandrakanta Pokhrel, people standing
यसैबीच साधारण सभामा बोल्ने वक्ताहरुले संस्थाले गरेका काम उल्लेखनयि भएको बताउनु भएको छ । प्रमुख अतिथि वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले संस्थाले अध्यक्षमार्फत पेश गरेको कार्यप्रगतिको मुल्यांकन गर्दा छोटो समयमा प्रगति देखिएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले सुर्योदयको काममा नगरपालिकाले सहयोग गर्न बाँकी नराख्ने बताउनु भयो । कार्यक्रममा वडा नं. ४ का वडाअध्यक्ष गणेश बहादुर क्षेत्रीले युवा नेतृत्व सफल हुन्छ भन्ने कुराको प्रमाण सूर्योदय रहेको भन्दै आगामी दिनको लागि शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा सिद्धार्थ बजार विकास समितीका अध्यक्ष विष्णु थापा, सिद्धार्थ क्यामसका प्रमुख खेमराज शर्मा, गजेहडा भभूपू सैनिक खानेपानी उप्टहवाका अध्यक्ष राजेन्द्र शाह,कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, वडा नं १ वडा सदस्य भलक मल्ल, तरुण दलका जिल्लाध्यक्ष अध्यक्ष शंक्ति सिंह ठकुरी, काग्रेश युवा नेता चन्द्रकान्त पोख्रेल लगायतले बोल्नु भएको थियो । अधिवेशन पूर्व साधारण सभामा अध्यक्ष सरोज कुमार सेनले प्रगती प्रतिवेदन, कोषाध्यक्ष माया थापाले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष सरोज कुमार सेनको अध्यक्षता, सचिव ईश्वर थापाको स्वागत रसंस्थाका महा– सचिव राम प्रसाद बन्जाडे (जन्जित पुरुष) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७६ शनिबार ००:००  ९ : ५२ बजे