१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

आशिर्वाद यातायातको बस लुंग्री खोलामा खस्यो, २ जनाको मृत्यु



रोल्पा ।
पूर्वी रोल्पाको लुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ । आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् ।

सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ । गाडी फर्काउने क्रममा बस सिधै खोलामा खसेको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङका अनुसार बस २ सय मिटर तल खोलाको बीचमा खसेको छ । घटना लगत्तै सुलिचौर इलाका प्रहरी कार्यालयबाट प्रहरी र स्थानीय खोलामा पुगेर उद्दारमा खटिएका हुन् ।
खोलको खोँचमा बस दुर्घटनाग्रस्त अवस्थामा छ। सिर्पतर्फ यात्रु लिएर जानका लागि जिपपार्क नजिकै गाडी फर्काउन गएका वेला दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  ८ : १२ बजे