२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

महराको राजीनामाको सूचना संसद सचिवालयमा टाँसियो



काठमाण्डौ ।
यौन दुर्व्यहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।
सचिवालयका सचिव डाक्टर भरतराज गौतमले उपसभामुखको आदेशानुसार प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २११ को उपनियम९२० बमोजिम सूचना प्रकाशित गरेको बताउनु भएको छ ।
मंगलबार कृष्णबहादुर महराले आफूमाथि लागेको गम्भीर आरोपबारे ‘सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस्’ भन्दै उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेसमक्ष ‘नैतिकताका आधारमा राजीनामा’ दिनु भएको थियो ।
कृष्णबहादुर महराले दिएको राजीनामा घुमाउरो र ‘आजकै मितिदेखि छानबिन प्रकिया नसकिँदासम्मका लागि राजीनामा’ दिएको बताए पनि संविधानविद्हरु भने महरा सभामुखका रुपमा फर्कने सम्भावना सकिएको बताएका छन् ।  सूचना टाँस गरेसँगै प्रतिनिधि सभाको वेबसाइटबाट महराको नाम पनि हटाइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६ बुधबार ००:००  ४ : ५० बजे