३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

वाणगंगाका बैंकमा नयाँ नोट साट्नेको भिड



मायादेवी अनलाइन, जितपुर ।
दशै नजिकिए संगै वाणगंगाका बैंकमा कारोबार गर्नेको भिड बढेको छ । कृषि विकास बैंक शाखा कार्यलय जितपुरले ५ हजार सम्मको नया नोट साट्न पाउने ब्यवस्था गरेकाले पनि बैंकमा नया नोट साटनेको भिड बढेको कृषि विकास बैंक जितपुर शाखाका कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उहाले वाणगंगा नगरपालिकाका कर्मचारी लगाएत अन्य गाह्रकलाई सर्वसुलभ तरिकाले नया नोट वितरण गरेको बताउनुभयो ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंक शाखा जितपुरमा पनि अन्य समय भन्दा अहिले कारोबार बढी भएको छ । गत महिनाको तुलनामा यस महिना तलबभत्ता खाने र दशै पेस्की लिने कर्मचारी तथा अन्य उपभोक्ताहरुको संख्या बढेको शाइन रेसुङगा डेभलपमेन्ट बैंकका जितपुर शाखा प्रमुख प्रमुख अनुराग पाण्डले बताउनुभयो ।
यसका अतिरिक्त कपिलवस्तु जिल्लामा रहेका अन्य बैंकहरु जनता बैंक, एनआईसी एसीया, मेगा, एनएमबि, लगायतका बैंकहरुमा पनि कारोबार गर्नेकोहरुको भिड लाग्ने गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६ शुक्रबार ००:००  १ : ४२ बजे