मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा-३ राजापानीमा जारी जिल्लास्तरीय मुहान कपको उपाधि भीडन्त शनिबार हुने भएको छ । शनिबार दिउँसो २ बजे सुरु हुने फाइनल खेलमा दुई बलिया प्रतिद्धन्दी मैदानमा देखिँदै छन् । यसअघि भएका खेलमा शतप्रतिशत नतिजा निकालेका सनराइज मोतिपुर र न्यू बुद्ध स्पोर्टस् क्लव बनकट्टीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।
मोतिपुरले प्रतियोगिताकै सबैभन्दा बलियो मानिएको आयोजक मुहान एफसी ए लाई २–१ गोलले पराजित गरी फाइनलमा पुगेको थियो भने बनकट्टीले सूर्योदय युवा क्लव बुङचीलाई पराजित गरेको थियो । दुवै टिममा जिल्लाका बिभिन्न खेलाडी सहभागी भएकाले खेल रोचक हुने अनुमान गरिएको छ । प्रतियोगिाको विजेताले नगद ६० हजार शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगद ३५ हजार शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् ।, यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स,गोल रक्षक, फरवार्ड र मिडफिल्डरलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।
यसैबीच शनिबारको फाइनलमा वृहत सांस्कृतिक कार्यक्रम सहित समापन गरिने आयोजक मुहान युवा क्लवका अध्यक्ष रविन्द्र सेनले जानकारी दिनुभयो । शनिबार दिउँसो १ बजे बाणगंगा नगरका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यमा हुने वृहत् समापन समापन समारोहमा स्थानीय कलाकारहरुले बिभिन्न सांस्कृतिक प्रस्तुती देखाउने छन् ।
आयोजकका अनुसार भोलीको समापन पछि कपिलवस्तु ११ टिम पनि छनोट गरिने छ । असोज ८ गतेबाट सुरु भएको प्रतियोगितामा प्रतिस्पर्धा गरेका बिभिन्न १४ क्लवका खेलाडीले प्रदर्शन गरेको खेलको आधारमा कपिलवस्तु ११ टिम छनोट गरिने कपिलवस्तु फुटवल संघका अध्यक्ष राम सेनले जानकारी दिनुभयो ।
प्रतिक्रिया