२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तुका गोपाल ज्ञवाली युवा संघको केन्द्रिय सदस्यमा मनोनित



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगा ३ गंगौलीया निवासी गोपाल ज्ञवाली युवा संघ नेपालको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । तत्कालीन एमालेसम्वद्ध युवा संघ र माओवादीसम्वद्ध वाईसीएलको एकतापछि बसेको संगठन इन्चार्जसहितको बैठकले ज्ञवालीलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । ज्ञवाीलसंगै अब युवा संघमा ३३२ केन्द्रीय सदस्यहरुको टुंगो लागेको छ ।

ज्ञवाली कपिलवस्तुमा युवाहरुको लोकप्रिय नेतामा पर्नुहुन्छ । उहाँ तत्कालिन एमाले निकट युवा संघको सचिव भएर काम गरिसक्नुभएको छ । पछि अध्यक्षको रोलक्रममा रहनुभएका उहाँलाई पार्टी नेतृत्वले अध्यक्ष बन्न दिएको थिएन् ।

यस्तै बैठकले कपिलवस्तुका प्रेम चापागाईलाई पनि केन्द्रिय सदस्यमा मनोनित गरेको छ । चापागाई पूर्व माओबादी केन्द्रबाट हुनुहुन्छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०७६ शनिबार ००:००  ५ : ४७ बजे