३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

वाणगंगा साहित्यिक प्रतिष्ठानले पनि मनायो लक्ष्मी जयन्ती



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा साहित्यिक प्रतिष्ठानले १११ औं लक्ष्मी जयन्ती बोडगाउँमा मनाएको छ ।
वाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउँमा रहेको वाणगंगा माविमा प्रतिष्ठानले लक्ष्मी जयन्ती मनाएको हो । वाणगंगा माविको प्राङ्गणमा साहित्यकार पुनाराम गिरीले लक्ष्मी प्रसाद देवकोटाको सालिक निर्माण गर्नुभएको छ । उक्त सालिकमा आइतबार मल्यापर्ण गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष नित्यानन्द पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका उपसचिव सूर्यप्रसाद भुसाल, वाणगंगा बहुमुखी क्याम्पसका क्यापस प्रमुख डिबी रेश्मी, वाणगंगा माविका प्राचार्य कुलराज पौडेल, चर्तुर्भुज पाण्डे लगायतले बोल्दै लक्ष्मी प्रसाद देवकोटाले साहित्यमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७६ सोमबार ००:००  ६ : १९ बजे