२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

जमाल साहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश



कपिलवस्तु ।

कृष्णनगर घटनाको मुख्य आरोपित भनिएका जमाल साहलाई १० दिन थुनामा राखी थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आदेश गरेको छ ।

एक जनाको ज्यान जानेगरी भएको कृष्णनगर घटनाको मुख्य आरोपित भनिएका कृष्णनगरका जमाल साहमाथि आइतबार सार्वजनिक शान्तिविरुद्धको कसूर अन्तर्गत मुद्धा चलाइएसँगै यस्तो आदेश जारी गरिएको हो ।

लक्ष्मीपूजाको मुर्ति विर्सजन कार्यक्रममा अवरोध सृजना गरी उत्पन्न विवाद र झडपपछि बिहीबार कृष्णनगर बजारमा लागेको कर्फ्यू समयमा चिया पसल सञ्चालन गर्दै आएका २१ वर्षीय सुरज पाण्डेयको सुरक्षाकर्मीको गोली लागेर ज्यान गएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  १० : ३३ बजे