२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

दाङमा नेकपाले स्व.उत्तरकुमार वलीकी पत्नी विमलालाई टिकट दियो



दाङ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले दाङ क्षेत्र नं. ३ (ख) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ । आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन हुने उक्त क्षेत्रका लागि बिमला वलीलाई उम्मेदवार बनाउने भएको हो ।

त्यस क्षेत्रका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनका लागि बिमलालाई उम्मेदवार बनाउने भएको हो । बिमला स्व. वलीकी श्रीमती हुन् ।

दाङबाट सोही क्षेत्रमा उम्मेदवार छनोटका लागि तीनजनाको नाम सिफारिस भएको थियो । जिल्ला पार्टीले ओलीसहित शोभाराम बस्नेत र चूर्णबहादुर ओलीको नाम केन्द्रमा पठाएको थियो। स्व. उत्तरकुमार वलीले कांग्रेसका बुद्धिराम भण्डारीलाई ६ हजार ४ सय ३४ मतान्तरले पछि पार्दै विजयी भएका थिए ।

त्यसैगरी समाजवादी पार्टीले दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का लागि उम्मेदवार टुंग्याएको छ । पार्टीले उक्त निर्वाचन क्षेत्रका लागि डिल्ली बहादुर डाँगीलाई उम्मेदवार बनाउने भएको हो । पार्टीको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले उम्मेदवारहरूको टुंगो लगाएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  ८ : २१ बजे