२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

चार महिनामा ६४ सवारी दुर्घटना, ९ जनाको मृत्यु



नवलपरासी ।

पछिल्लो समयमा पश्चिम नवलपरासीमा सवारी साधन दुर्घटनामा बृद्धि भएको छ । गत साउन महिना देखि कार्तिक १६ गते सम्ममा पश्चिम नवलपरासीमा ६४ वटा सवारी साधन दुर्घटना भएका छन भने ९ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार गत साउन महिनादेखि कार्तिक १६ गते सम्म भएका ६४ सवारी साधन दुर्घटनामा ९ जनाको मृत्यु भएको हो । दुर्घटनामा ३६ जना मानिसहरु गम्भिर घाइते भएका छन भने २९ जना मानिसहरु समान्य घाइते भएका छन ।

सवारी साधन दुर्घटनामा सबै भन्दा बढी मोटरसाइकल रहेका छन । जस अन्र्तगत गत साउन महिनामा ट्रक र ट्यांकर ३, टिप्पर १, बस ३ र मोटरसाइकल ५ वटा गरी साउन महिनामा १३ वटा सवारीसाधन दुर्घटना भएका छन । भने साउन महिनामा दुइ पुरुष र एक महिला गरी तीन जनाको मृत्यु भएको छ ।

यस्तै भाद्र महिनामा सवारी साधन दुर्घटनामा ट्रक र ट्यांकर २, बस तीन, जिप कार १, मोटरसाइकल ३ र अन्य २ गरी ११ वटा सवारी साधन दुर्घटना भएका छन भने चार पुरुष र एक महिला गरी ५ जना गम्भिर घाइते भएका छन । भदौ महिनामा कुनै पनि ब्यक्तिको ज्यान नगएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  ९ : ५५ बजे