२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

दाङ हिडेका झक्कु सुवेदीलाई बाटोमै ह्रदयघात, आईसीयूमा भर्ना



काठमाडौं ।
सत्तारुढ नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई ह्रदयघात भएको छ। मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालको आईसीयूमा भर्ना भएका सुवेदीका नर्भिकमा मेजर हार्टअट्याक अप्रेशन गरिएको छ ।
राष्ट्रिय युवासंघका संयोजक रामप्रसाद सापकोटा ’दिपशिखा’ का अनुसार सोमबार उनको नर्भिकमा अप्रेशन गरिएको हो ।
सोमबार बिहान दाङ जान हिँडेका नेता सुवेदी थानकोट पुगेपछि गाडीमै बेहोस भएका थिए । त्यहाँबाट फर्काएर उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७६ मंगलबार ००:००  ६ : १४ बजे