३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

प्रचण्ड भन्छन्ः आफ्नो मान्छे नपरेपछि माधव नेपालको ‘नोट अफ डिसेन्ट’



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्टका पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ प्रदेश प्रमुखमा आफ्ना मान्छे नपरेपछि माधव नेपाललेनोट अफ डिसेन्ट’ लेखेको खुलासा गरेका छन्।
नेपालगंजमा मंगलबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले यस्तो खुलासा गरेका हुन् । हामीले मापदण्ड अनुसार नै सन्तुलित हिसाबले सिफारिस गरेका छौं तर आफ्ना मान्छे नपरेपछि माधवजीले बिरोध गर्नुभो, नोट अफ डिसेन्ट लेख्नुभो, उनले भने, उहाँले २-३ जना मान्छे सिफारिस गर्नुभएको थियो तर ती मान्छे नछानिएपछि उहाँले बिरोध गर्नुभएको हो ।
प्रदेश प्रमुखको नियुक्तिका लागि सिफारिस गर्न सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकमा नेता नेपालले संस्थापन पक्षले एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै नोट अफ डिसेन्ट लेखेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७६ मंगलबार ००:००  १ : ३४ बजे